गायक शिव परियारले प्रेमीकासँग यस्तो भुल गरे (भिडियो)



ss

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘म त मर्छु क्यारे’को अपार सफलतापछि संगीतकार नीम संगीतले पुन: अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यि नयनमा’ बोलको यस गीतमा भास्कर काजीका शब्द रहेका छन् भने नीम संगीतको संगीत संयोजन र संगीत रहेको छ । य गीतको भिडियो सार्वजनिक भएको छ ।

नीमले संगीत भरेको ‘अमेर प्रेम’ नामक एल्बममा रहेको ‘म त मर्छु क्यारे, तिमी धेरै बर्ष बाँच’ बोलको गीत सुगम संगीतको इतिहासमा अमिट छाप बनेर रहिरहेको छ । यसै क्रममा नीमकै एकल संगीतमा फेरी अर्को एल्बम थपिएको छ ‘अमर प्रेम -२ (प्रेमको हत्यारा)’ । माथी उल्लेखित शिव परियारको स्वरमा रहेको गीत यसै एल्बममा समावेश छ । यस पछि प्रमोद खरेलको स्वरमा रहेको ‘प्रेमको हत्यारा’ बोलको गीत पनि सार्वजनिक हुने तयारीमा रहेको संगीतकार नीमले बताए । ‘अमर प्रेम -२ (प्रेमको हत्यारा)’ लाई अमर प्रेम म्यूजिकले बजारमा ल्याएको हो ।

सिन्चुरी सुरेश घमालको निर्देशन रहेको ‘तिमीलाई यि नयनमा’मा बिक्रम, पदम, अक्शिका र बिनिताको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu