फागुन ११ मा महिलाको दुर्दशा ‘विधवा’ रिलिज हुँदै



bidhawa-press-meet

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष ११ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र विधवाले आइतवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ । चलचित्रले नेपाली महिलाहरुको यर्थाथ कथा बोकेका कारण चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने चलचित्रका निर्देशक मनोज श्रेष्ठले बताए ।

चलचित्र विधवाले दर्शकलाई हासोसँगै रुवाउने पनि निर्देशक श्रेष्ठको भनाई छ । त्यस्तै कार्यक्रममा बोल्दै कलाकार सोनु घिमिरेले आफुले चलचित्रमा पहिलो पटक काम गरेका कारण पनि दर्शकले एक पटक आफ्नो लागी भनेर पनि चलचित्र हेरिदिन आग्रह गरिन् । चलचित्रले नेपाली समाजमा घटिरहेको घटनालाई चित्रण गरेका कारण उक्त पात्रको भुमिकामा आफु उभिएको पनि खुलाइन् ।

चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।चलचित्रमा कथा मन बहादुर घिमिरेको, गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य विवेक थापाको, द्वन्द्व हिमाल केसीको, छायांकन दिपक परियारको, सम्पादन अभिषेक पौडेलको रहेको छ । चलचित्रमा गिरी प्रसाद सुनारको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu