‘वान वे’ भित्र शहरका आपराधिक घटना, शिर्ष गीत सार्वजनिक



one-way-song

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आरसी पिक्चर्सको सातौं प्रस्तुतीको रूपमा निर्माण भएको नेपाली चलचित्र ‘वान वे’को शिर्ष गीत सार्वजनिक भएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माण तथा सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा तयार चलचित्रको यस गीतलाई रोबिन तामाङ्ले गाएका छन् ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य मुख्य दृश्यहरु समेत देखाईएको छ । यस चलचित्रमा विल्सन विक्रम राई, करिष्मा मानन्धर, आकाश खवास, गायक रबिन तामाङ,सिद्धार्थ गुरूङ, प्रकाश ओझा लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म ‘वान वे’को कथा निर्देशक सुब्बाले लेखेका हुन् भने पटकथा डा.प्रदिप भट्टराईको रहेको छ ।

यो चलचित्रबाट डनका रुपमा परिचित दिपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङले अभिनेताको रूपमा डेब्यू गरेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu