नेपाल आयो ‘मास्टर’



भोली बिहीवारबाट तमिल सुपरस्टार विजय र विजय सेतुपती अभिनीत चलचित्र ‘मास्टर’ भारतसँगै विभिन्न देशमा एकसाथ प्रदर्शन हुँदैछ । यो चलचित्रले कोरोनाका कारण धरासायी अवस्थामा पुगेको तमिल इन्डस्ट्रीलाई आफ्नो लयमा फर्काउने अपेक्षा गरिएको छ । तेलगु, कर्णाटक र हिन्दी भाषामा समेत रिलिज हुन लागेको चलचित्रको भारतमा आइतवारबाटै अनलाइन बुकिङ खोलिएको छ ।

दुई तमिल सुपरस्टारले पहिलो पटक एकसाथ अभिनय गरेका कारण ‘मास्टर’ को प्रतिक्षा नेपाली दर्शकहरुमा पनि व्यग्र थियो । तर, पुष १० गतेबाट खुलेका सिनेमा हलहरु दर्शकविहीन हुँदा कुनै वितरक कम्पनी लाखौंमा यो चलचित्रको नेपाल प्रदर्शन अधिकार लिएर जोखिम उठाउने पक्षमा थिएनन् । तर, अब यो चलचित्र भोलीबाट नेपालका सिनेमा हलहरुमा पनि प्रदर्शन हुने भएको छ ।

वितरक मनोज राठीको कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले ‘मास्टर’ को नेपाल प्रदर्शन अधिकार लिएको हो । भारतका सिनेमा घरमा चलचित्रको टिकट काट्न दर्शकको अत्याधिक चाप देखिएका कारण नेपालमा पनि यो चलचित्रले दर्शकको राम्रो साथ पाउनेमा वितरक राठी आशावादी छन् । दर्शकलाई सिनेमा हलमा फर्काउन आफूले जोखिम मोलेर भएपनि चलचित्र ल्याएको उनले बताए ।

‘कसैले सुरुवात नगर्ने हो भने हल खाली नै रहन्छ । भोलीका लागि बाटो बनाउन हामीले जोखिम उठाएका हौं । नाफा वा नोक्सान जे भएपनि मार्केट बसाउन हाम्रो यो प्रयास हो । चलचित्र हेर्न दर्शक आउँछन् भन्ने चाहिँ लागेको छ,’ उनी थप्छन्, ‘एउटा चलचित्र ल्याएर ६ महिना नआउने वितरक हामी होइन । हामी त रेगुलर चलचित्र लिएर आउँछौं अनि हामीले सुरुवात नगरे कसले गर्ने ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu