नीतालाई भेटेपछि हमाललाई मनपर्‍यो आफ्नै नाम (भिडियो)



गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मनपर्‍यो’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदुर पश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीतआएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मनपर्‍यो’ गीतलाई दर्शक स्रोताले मन पराउनेमा गायिका आचार्य विश्वस्त छिन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu