प्रदीप र स्वस्तिमाको चलचित्रमा कहिले बाँधिएला जोडी ?



अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कालाई एकसाथ चलचित्रमा हेर्ने दर्शकहरुको ठूलो चाहना छ । चलचित्र ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ गीतमा पहिलो पटक स्क्रिन शेयर गरेका उनीहरुले केही कमर्शियल विज्ञापनमा काम गरे पनि अहिलेसम्म चलचित्रमा जोडी बाँधिन सकेको छैन । उनीहरु भने एकअर्कासँग चलचित्रमा काम गर्न तयार रहेको बताउने गरेका छन् ।

चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीपको अपोजिटका लागि स्वस्तिमालाई अफर गरिएको चर्चा चलेको थियो । स्वस्तिमाले पनि घुमाउरो शैलीमा यो चलचित्रबाट प्रस्ताव आएको कुरा स्वीकार गरेकी थिइन् । तर, पछि यसमा प्रदीपको जोडी क्रिस्टिना गुरुङसँग बाँधियो । प्रदीप र स्वस्तिमालाई एउटै चलचित्रमा लिन केही निर्माताले प्रयास गरे पनि अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन ।

गत वर्ष प्रदीप र स्वस्तिमा टिभिएस स्कूटरको ब्रान्ड एम्बसेडरमा नियुक्त भएका थिए । यसको फोटोसुट र विभिन्न प्रचारात्मक कार्यक्रममा उनीहरुबीच भेटघाट भइरहेको हुन्छ । बुधवार स्वस्तिमाले प्रदीपसँग खिचेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छन् । यो तस्विरले उनीहरुको नयाँ चलचित्रमा सहकार्य हुन लागेको त होइन भन्ने कौतुहलता धेरैमा जागेको छ ।

तर, उनीहरुको चलचित्रका लागि भने भेट भएको होइन । बुधवार प्रदीप र स्वस्तिमाले टिभिएस स्कूटरको फोटोसुट गरिरहेका छन् । यही शिलशिलामा यी दुईको भेट भएको हो । गीत र विज्ञापनमा एकसाथ काम गरेका कारण उनीहरुबीच राम्रो बोन्डिङ बनेको छ । दर्शकले पनि यो जोडीको केमेस्ट्री रुचाएका छन् । अब चलचित्रमा उनीहरुबीच सहकार्यको प्रतिक्षा धेरैलाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu