कुमार निर्देशित ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक (भिडियो)



सञ्चारकर्मी कुमार आचार्यको निर्देशन गरेको टेलिसिरियल ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवारभित्रको मिलन, द्वन्द्व, तिरस्कार, माया, प्रेमलगायतका कुरा देखाइएको छ । निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ र बिनिशा सेवाको अभिनय रहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नविन पन्तको गीत, उषा मलह (सिम्रन) को स्वर र गौतमराज खड्काको सम्पादन छ । करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अन्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu