कोरियोग्राफर झालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’



देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित भएका छन् । कविलासी नगरपालिक वडा नं ७ गौर घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो ।

समारोहमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गरेका थिए । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो ।

कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पुर्याएवापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुन् । लामो समयदेखि फेशन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी व्युटी पेजेन्ट तथा फेशन शोका लागि कोरियोग्राफी गरिसकेका छन् ।

यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्युटी पेजेन्ट र फेशन शोका लागि कोरियोग्राफी गरेका छन् । यो सम्मानले आगामी दिनमा अझै उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको अश्विनी बताउँछन् । ‘यो सम्मान सम्पूर्ण युवाहरुमा आ आफ्नो क्षेत्रमा क्रियाशिल भई देशमा राम्रो काम गर्नेहरुप्रति समर्पण गर्दछु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu