खुल्यो सिनेमा हल



कोरोना भाइरसका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल सञ्चालनको अनुमति नदिए पनि हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको विधि अपनाएर हल खोलिएको नेपाल चलचित्र संघले बताएको छ । तत्काल हलमा ५० प्रतिशत मात्र दर्शक राखेर चलचित्र देखाइनेछ ।

शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवैतर्फ कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन भएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले भने यी दुई नेपाली चलचित्रसँगै दुई हलिउड चलचित्र ‘ब्लडसट र दि इनभिजिबल म्यान’ पनि प्रदर्शन गरेको छ । प्रायः मल्टीप्लेक्सले यी सबै चलचित्रलाई एक/एक शो दिएका छन् ।

कोरोनाको भयले निर्माताहरु नयाँ चलचित्र प्रदर्शन गर्न तयार नभएपछि हल सञ्चालकहरु केही समय पुरानै चलचित्र चलाउने तयारीमा छन् । अर्को हप्ताबाट दुई सुपरहिट चलचित्र ‘छ माया छपक्कै र कबड्डी कबड्डी कबड्डी’ पुनः प्रदर्शन गर्ने तयारी भएको बुझिएको छ । अहिले दर्शकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउन विशेष ध्यान दिइएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu