भूकम्पबाट बच्ने उपाय सिकाउँदै पशुपति र देवी घर्ती (भिडियो)



२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको महाभूकम्पबाट करिब ७ हजारभन्दा मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भए । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले एतिहासिक धरहरा समेत ढल्यो । २०७२ सालमा गएको भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।

आगमनको पूर्वानुमान गर्न नसकिने, मानवीय र भौतिक संरचनाको ठूलो क्षति हुनसक्ने र उद्दार कार्य पनि कष्टकर हुने हुँदा भूकम्पलाई अन्य प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, हिमपात, आँधिबेहरी र सुनामी भन्दा पनि कठोर विपत्तिका रुपमा लिइन्छ । भूकम्पबाट जनधनको क्षति हुने भएकाले यसबाट बच्न अपनाउनुपर्ने उपायबारे विज्ञहरुले विभिन्न सुझावहरु दिने गरेका छन् ।

यसबीच, गायक पशुपति शर्माले गीतको माध्यमबाट भूकम्पबाट बच्ने उपाय सिकाएका छन् । मंगलवार सार्वजनिक भएको पशुपति शर्मा र देवी घर्ती मगरको स्वरमा रहेको ‘भूकम्पबाट बच्नी कसरी ?’ बोलको गीतमा भूकम्प आउँदा अपनाउनु पर्ने उपायको बारेमा सिकाइएको छ । डा. शिव सुवेदीको शब्द र पशुपति शर्माको संगीत रहेको गीतको भिडियोमा पशुपति र देवीसँगै शेर साउद फिचर छन् ।

विनोद भण्डारीले निर्देशन गरेको भिडियोको कथा डा. सुवेदीले तयार पारेका हुन् । गीतको भिडियोमा करण चाइसिरको छायांकन र विकास ज्ञवालीको सम्पादन तथा कलर छ । गीतले भूकम्प आउँदा कसरी कस्ता सुरक्षाका उपाय अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरेको गीतकार तथा भूकम्प विज्ञ डा. सुवेदीले बताए । यो गीत नेपालीहरुका लागि उपयोगी हुने उनको विश्वास छ । उनले स्वीजरल्यान्डमा भूकम्प विज्ञानमा विद्यावारिधी गरेर हालै नेपाल आएका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu