कोरोनाका कारण हुन सकेन प्रियंकाको बिहे



मंसिर, लगनको महिना । यो महिनामा धेरैको लगनगाँठो बाँधिन्छ । यस वर्ष कोरोनाको जोखिमका कारण केही समस्या देखिएपनि मंसिरमा धेरै विवाह बन्धनमा बाँधिए । केही नेपाली कलाकारले पनि लगनगाँठो कसे । तर, दुई वर्ष अगाडि चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीको इन्गेजमेन्ट भएको ९ महिना वितिसक्दा पनि विवाहको लगन जुरेको छैन ।

उनले अमेरिकाको एक कम्पनीमा कार्यरत इन्जिनियर सफल अधिकारीसँग गत वर्षको चैतमा औंठी साटेकी थिइन् । इन्गेजमेन्टपछि उनीहरु अभिनेत्री आँचल शर्माको रिसेप्सन पार्टीमा एकसाथ पुगेका थिए । उनीहरुको तयारी यस वर्षको मंसिरमा विवाह बन्धनमा बाँधिने थियो । तर, कोरोनाका कारण विवाह अनिश्चितकालका लागि टरेको छ । सफलसँग प्रियंका दुई वर्षदेखि प्रेम सम्बन्धमा छिन् ।

केही दिन अगाडि इन्स्टाग्राममा उनलाई एक प्रशंंसकले ‘विवाह कहिले गर्दै हुनुहुन्छ ?’ भनेर सोधेका थिए । जवाफमा उनले लेखेकी थिइन्, ‘कोरोनाको स्थिति सामान्य भएपछि विवाह गर्नेछौं ।’ एक प्रशंसकले ‘क्याप्टेन’ मा अनमोल केसी र उपासना सिंह ठकुरीसँग काम गर्दाको अनुभव पनि सोधेका थिए । उनले अनमोल र उपासनासँग काम गर्दा रमाइलो भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu