अशोक शर्मा भन्छन्, ‘मारामार दर्शक आउँछन् भनेर हल खोल्न लागेका होइनौं’



१० महिनादेखि बन्द सिनेमा हल खोल्न चलचित्र सम्बद्ध विभिन्न संघ-संस्थाहरुले पटक-पटक सरकारका मन्त्रीसँग छलफल गर्दा पनि सरकारले यसतर्फ कुनै चासो देखिएको छैन । आउँदो पत्रकार सम्मेलनमा चलचित्र छायांकन खुल्ला भएको घोषणा गर्न लागेको सरकार सिनेमा हल खुलाउन अझै केही समय पर्खिने तयारीमा छ । तर, हल व्यवसायीहरुले पौष १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।

सोमवार हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले चलचित्र क्षेत्रलाई वेवास्था गरेका कारण पौष १० गतेबाट हल खोल्ने घोषणा गरेको हो । संघका महासचिव अशोक शर्माले सिनेमा हल बन्द गर्न सरकारले बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने बताएका छन् । आफूहरु गिरफ्तार हुन तयार रहेको पनि उनको भनाई छ ।

‘मारामार दर्शक आउँछन् भनेर हल खोल्न लागेका होइनौं । हलसम्म दर्शक आउने वातावरण बनाउन हल खोल्न लागेका हौं । कोरोनाको जोखिममा पर्ने सबै क्षेत्र खुलिसके । स्वास्थ्य सुरक्षाका विधि अपनाउन सकिने क्षेत्रलाई चाहिँ सरकारले सञ्चालन अनुमति दिएको छैन । जति छलफल गर्दा पनि सरकारबाट आश्वासन मात्र पाएपछि सिनेमा हल खोल्न बाध्य भएका हौं,’ उनले भने ।

एक जना दर्शक आएपनि हल खोल्ने उनले बताए । ‘१० महिना त घाटा बेहोरेर बस्यौं भने अझै केही महिना घाटामा चल्न तयार छौं । ५० प्रतिशत अकुपेन्सीमा हल चलाउँछौं,’ उनले अगाडि भने- ‘तत्काल पुराना चलचित्र चलाउँछौं । हलमा दर्शक आउने वातावरण बनेपछि नयाँ चलचित्र प्रदर्शन गर्न निर्मातासँग छलफल गर्नेछौं ।’ उनी आफ्नो चलचित्र ‘जय भोले’ पुनः प्रदर्शन गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu