‘आँसुको अर्थ-३’ मा आकाशको मनछुने अभिनय (भिडियो)



गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ-३’ ‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ-२’ गीतलाई दर्शक तथा स्रोताले अत्याधिक मन पराए छि शिव परियारले ‘आँसुको अर्थ-३’ लिएर आएका हुन् ।

गीतमा सञ्चारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको यो गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

‘आँसुको अर्थ-३’ मा नायक आकाश श्रेष्ठले मनछुने अभिनय गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायक शिव परियार आफैंले निर्माण गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu