‘चिसो मान्छे’ मा भित्रिए अर्पण



जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा परिचित अर्पण थापा नयाँ चलचित्र ‘चिसो मान्छे’ मा अनुबन्ध भएका छन् । आइतवार निर्मात्री शर्मिला पाण्डेले उनीसँग कागजी सम्झौता गरेकी हुन् । हुनत, यसअघि नै चलचित्रमा अर्पणको अभिनय रहने खबर बाहिरिएको थियो । तर, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् ।

मानिसहरुमा देखिएको नैराश्यताको कथा वाचन गर्ने चलचित्रमा अभिनेत्री स्वस्तिका खड्काको पनि मुख्य भूमिका रहनेछ । गएको शुक्रवार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । यो चलचित्रका लागि उनले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ । चलचित्रमा उनको भूमिका शक्तिशाली रहेको निर्मात्री पाण्डेले बताएकी छन् । स्थिति सामान्यपछि चलचित्रको छायांकन सुरु हुनेछ ।

निर्देशक खनालले लकडाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले चलचित्र खिच्दैछन् । उनले चलचित्र ‘आमा’ को छायांकन पनि आफैंले गरेका थिए । २०७८ साल भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुनेछ । पहिलो पटक स्वस्तिमा र अर्पणले स्क्रिन शेयर गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu