‘ह्याप्पी बर्थ-डे’ जल शाह



नेपाली चलचित्रकी सदावहार नायिका जल शाहको आज ‘ह्याप्पी बर्थ-डे’ । विकिपीडियाका उल्लेख भएअनुसार, २०३९ साल मंसिर २८ गते काठमाडौंमा उनको जन्म भएको हो । कुनै समय आफ्नो अभिनय कलाबाट दर्शकको मन जितेकी जल शाह केही वर्षयता अभिनयमा सक्रिय छैनन् । लामो समयदेखि उनी श्रीमान र एक छोरीसँग अमेरिकामा बस्दै आइरहेकी छिन् ।

जल अमेरिका पलायन भएसँगै अभिनयबाट टाढा भएकी हुन् । यद्यपि, पारिवारिक भेटघाटका लागि नेपाल आउँदा उनले ढिलो चाँडो अभिनयमा फर्किने बताउने गरेकी छन् । जल चलचित्र निर्माण गर्ने सोचमा पनि छिन् । तीन वर्ष अगाडि नेपाल आउँदा उनले भविष्यमा नारीप्रधान चलचित्र निर्माण गर्ने आफ्नो र श्रीमानको योजनामा रहेको बताएकी थिइन् ।

उनले आफ्ना समकालीन अभिनेत्रीहरू चलचित्र निर्देशनमा स्थापित भएकोमा पनि खुसी व्यक्त गरेकी थिइन् । तर, आफूमा निर्देशन गर्ने क्षमता नभएकाले अभिनय र चलचित्र निर्माणमा आउने उनको भनाई छ । १४ वर्षको उमेरदेखि अभिनयमा होमिएकी उनले ५० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । एक समय उनको अभिनयसँगै सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको थियो ।

आफ्नी आमाको चाहनाअनुसार चलचित्र ‘श्री स्वस्थानी’ बाट उनी अभिनयमा भित्रिएकी थिइन् । उनले नायिकाको रुपमा भने चलचित्र ‘अवतार’ बाट ब्रेक पाएकी थिइन् । यसपछि उनले कहिल्यै करिअर फर्केर हेर्नु परेन । ‘पराइ घर, शंकर, ठूल्दाई, नेपाली बाबु, एक नम्बरको पाखे’ जस्ता कयौं चलचित्रमा काम गरेकी जलको लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्रतिक्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu