‘किम्फ’ मा १५ देशका १८ चलचित्र प्रदर्शन हुँदै



नेपालको सबैभन्दा प्रतिष्ठित चलचित्र महोत्सव काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण मंसिर २५ गतेदेखि भर्चुअलमार्फत आयोजना हुने भएको छ । मंसिर २९ गते समापन हुने महोत्सवमा यसपटक १५ देशका १८ चलचित्र प्रदर्शन हुनेछन् । त्यस्तै, ‘नेपाल पानोरामा अन्तर्गत १३ कथानक र डकुमेन्ट्री देखाइने आयोजक संस्थाले बताएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रहरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली युवा नेपाली चलचित्रकर्मीको प्रस्तुति देखाइने छ । भुटानी चलचित्रका निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ ल्याङ्गस एन्ड अ मुस्ट्याच’ को प्रदर्शनसँगै ‘किम्फ’ को औपचारिक रुपमा उद्घाटन हुनेछ ।

यसपटक ‘किम्फ’ को निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री मेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेहर लिजा रुस्ली र नेपालका नयनराज पाण्डे रहेका छन् । उनीहरुले अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन चलचित्र तथा नेपाल पानोरामातर्फ उत्कृष्ट कथानक र उत्कृष्ट डकुमेन्ट्री छनोट गर्नेछन् । महोत्सवमा प्रदर्शन हुने चलचित्रहरु www.kimff.org मार्फत् हेर्न पाउने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउनेछन् । पुरस्कार राशी नेपाल पर्वतारोहण संघ, हिमालय इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सुला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराउनेछ । उत्कृष्ट नेपाली कथानक र डकुमेन्ट्रीले नगद १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu