म थप सशक्त नारीको रुपमा प्रस्तुत हुनेछु : श्वेता खड्का



सोमवार अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी उनले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी छन् । सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी अभिनेत्री श्वेता खड्काले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी हुन् ।

आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले लेखेकी छन्, ‘मैले सिउँदोमा सिन्दुर भरेँ, हातमा सप्तरङ्गी चुरा लगाएँ अनि रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।’ उनले चलचित्र क्षेत्रलाई आफ्नो शिरको सिन्दुर जस्तै उच्च स्थानमा पुर्‍याउने पनि बताएकी छन् ।

‘निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ,’ श्वेताले अगाडि लेखेकी छन्, ‘आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनको लागि म प्रयासरत रहनेछु ।’ उनले आफू थप सशक्त नारीको रुपमा प्रस्तुत हुने पनि बताएकी छन् ।

विजयन्द्रसँग श्वेताले दोस्रो विवाह गरेकी हुन् । २०७१ साल असार २३ गते स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनको विवाह भएको थियो । तर, बैबाहिक जीवनमा बाँधिएको १ महिनामा श्रीकृष्णको भारतमा उपचारको क्रममा २०७१ साल साउन २५ गते निधन भएको थियो । यसपछि श्वेता लामो समय विक्षिप्त भएकी थिइन् । श्रीमानको निधनको ६ वर्षपछि श्वेताले दोस्रो विवाह गरेकी हुन् ।

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/3037693336330790
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu