सरकारले चलचित्र क्षेत्रमाथि अन्याय गरेको छ : अशोक शर्मा



सरकारले अझै १५ दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि नेपाल चलचित्र संघले सिनेमा हल सञ्चालन र चलचित्र क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राखेर बैंकको ऋणमा सहुलियत दिनुपर्ने मागसहित आन्दोलन गर्ने तयारी गरेको छ । चलचित्र संघका महासचिव तथा चलचित्र निर्देशक अशोक शर्माले शनिवारको कार्यसमितिको बैठकले यसबारेमा निर्णय गर्ने बताए ।

उनले भने- ‘सिनेमा हल खोलेर मात्र हुँदैन । कोरोनाले यो क्षेत्रलाई ठूलो घाटा भएको छ । सरकारले अन्य क्षेत्रलाई बढी प्रभावित भनेर प्याकेज ल्याएको छ । तर, यो क्षेत्रलाई बेवास्था गरियो । जबकि, यसमा पनि ठूलो नोक्सान छ । यसकारण यो कुरा पनि महत्त्वपूर्ण हो । सरकारले अर्थ मन्त्रालयलाई चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा पार्न पत्र उठाए पनि त्यो कार्यन्वयन भएको छैन ।’

सरकारले अन्य क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेर बैंकको ऋणमा सहुलियत दिएझैँ हल सञ्चालकहरुलाई पनि त्यो सुविधा दिनुपर्ने उनले बताए । ‘हामीले सरकारसँग आर्थिक सहयोग मागेका होइनौं । अधिकांश व्यवसायीहरुले ऋणबाटै व्यवसाय सञ्चालन गरेका छन् । अरु क्षेत्रलाई जसरी सरकारले ऋणमा सहुलियत दिएको छ हामीले पनि त्यो सुविधा मागेका हौं,’ उनले भने ।

कोरोनाको समयमा सरकारले सिनेमा हललाई सौतेनी व्यवहार गरेको उनले बताए । अन्य क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राखेर सरकारले सहुलियत प्रदान गरे पनि चलचित्र क्षेत्रमाथि अन्याय गरेको उनको भनाई छ । यस विरुद्ध चलचित्र संघले कडा कदम चाल्ने बताउँदै उनले भने- ‘चलचित्र क्षेत्र सबैभन्दा पीडित क्षेत्र हो । तर, यही क्षेत्रलाई सरकारले बेवास्था गर्‍यो । अब आन्दोलनमा उत्रन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu