किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ (भिडियो)



किरण भुजेलको प्रस्तुतिमा नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’ को म्यूजिक भिडियो रिलिज भएको छ । यो गीतमा किरण भुजेल र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् । उनले निर्देशन गरेको ‘नबोली नबोली’ बोलको गीतको भिडियोले १ करोड बढी भ्यूज पाइसकेको छ ।

भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ । किरण र भुजेलले फरक शैलीको गीत तयार पारेका छन् । स्कुले जीवनमा हुने प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu