‘डिसेम्बर फल्स’ मा उपासना अनुबन्ध



चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले नयाँ चलचित्र साइन गरेकी छन् । आउँदो माघ ४ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ मा उनी मुख्य अभिनेत्रीमा अनुबन्ध भएकी हुन् । यो चलचित्रमा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गर्नेछिन् । उपासनाले आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न राजी भएको बताएकी छन् ।

प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर चलचित्र ‘डिसेम्बर फल्स’ मा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने चलचित्रको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको चलचित्रमा रवि नाइडुको छायांकन रहनेछ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा विपिका खनालले लेखेकी हुन् । काठमाडौं र पोखरामा छायांकन हुने चलचित्रमा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध घटना तथा समस्यालाई देखाइने बताइएको छ । ०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu