‘सुनन’ गीतमा दयाहाङ र लक्ष्मीको प्रेम (भिडियो)



गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको ‘सुनन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गीत ‘परानै दिन्छु’ को दोस्रो भागको रुपमा तयार पारिएको गीमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा प्रेमको सुरुवाती कथालाई देखाइएको छ । काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशलाई देखाएको छ ।

भिडियोमा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu