‘रेड वाइन’ बाट पल बाहिरिए, पुष्प भित्रिए



नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको चलचित्र ‘रेड वाइन’ बाट अभिनेता पल शाह बाहिरिएका छन् । चलचित्रबाट पल बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । तीन दिन अगाडि पुष्पसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । अहिले चलचित्र ‘कृष्ण लिला’ को छायांकनमा व्यस्त रहेका उनले यसपछि ‘रेड वाइन’ का लागि समय निकाल्नेछन् ।

अमेरिकामा रहेका रमेश एमके पौडेलले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाहसँग पलको जोडी पक्का भएको थियो । गोप्य स्रोतले दिएको जानकारी अनुसार, कथावस्तु, कलाकार र टाइटल परिवर्तनमा पलले दबाब दिन थालेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पलाई अनुबन्ध गरेको हो । चलचित्रमा पलभन्दा अगाडि निर्माण टिमले साम्राज्ञीलाई अनुबन्धित गरेको थियो ।

चलचित्रमा साम्राज्ञीको सशक्त भूमिका रहेको बुझिएको छ । आफ्नोभन्दा साम्राज्ञीको भूमिका सशक्त भएका कारण पलले निर्देशक पौडेललाई चलचित्रको कथावस्तु परिवर्तन गर्न आग्रह गरेको स्रोत बताउँछ । तर, पौडेल उनको कुरामा सहमत भएनन् । यसपछि पलले चलचित्रबाट बाहिरिने निर्णय गरेका थिए । अब ‘रेड वाइन’ मा पुष्पले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

चलचिको २० प्रतिशत छायांकन काठमाडौं र ८० प्रतिशत अमेरिकामा हुनेछ । चलचिमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्मातामा निरू भण्डारी रहने छिन् । आर्यन फिल्मस् प्रोडक्शन र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu