सविनसँग वर्षाको यात्रा



प्रेमसम्बन्ध संसारभरिका कलाकारको पहिलो नम्बरको गसिपको विषय हो । त्यो मामिलामा नेपाली कलाकार पनि अछुत छैनन् । कलाकारको प्रेम र सम्बन्धका विषयले सामाजिक सञ्जालमा छुट्टै चर्चा पाउँछ । तर, प्रेम सम्बन्ध सार्वजनिक गर्दा करिअर ध्वस्त हुने सोचाई कलाकारमा छ । यही डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् । कति भने प्रेम जीवन लुकाउन चाहँदैनन् ।

अभिनेत्री वर्षा सिवाकोटीले करीब २ वर्ष प्रेम सम्बन्ध गोप्य राखिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा छिन् । गत वर्ष अमेरिका जाँदा सविनसँग उनको प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, यस विषयमा उनले कहिल्यै मुख खोलिनन् । यसपालीको दशैं मनाएर पारिवारिक भेटघाटका लागि भन्दै अमेरिका पुगेकी उनले सविनसँगको प्रेम खुलेरै व्यक्त गरिरहेकी छन् ।

शुक्रवार आफ्नो फेसबुकमा सविनसँग बाइकमा लामो यात्रा गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘केही समय बाधा नै बाधाको यो लामो सडकमा म एक्लै थिएँ । यो समयमा एकसाथ यात्रा गर्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउनु पर्छ । यसका लागि तयार हुनुहोस् ।’ आफू लामो यात्रामा एक्लै भए पनि अब कसैको साथ पाएको वर्षाले उल्लेख गरेकी छन् ।

बाइक राइडिङका सौखिन सविन अमेरिकाको टेक्सासमा बस्ने गर्दछन् । अमेरिका पुगेपछि वर्षाले सविनसँँगै नै बढी समय विताउने गरेकी छन् । यसपटकको भेटले उनीहरुबीचको प्रेम झन् प्रगाढ बनेको छ । केही दिनमा नेपाल ओर्लिने तयारीमा रहेकी वर्षा यसपछि चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । उनको पाइपलाइनमा ‘सुदूर र गोर्खा वारियर’ पनि छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu