‘ए मेरो हजुर ३’ लाई करोड भ्यूज



कोरोनाका कारण दर्शकले ठूलो पर्दामा चलचित्र हेर्न पाएका छैनन् । तर, लकडाउनयता यूट्युबमा भने चलचित्रहरु सार्वजनिक भइरहेका छन् । सिनेमा हलमा चलचित्र हेर्न नपाएर न्यास्रिएका दर्शकलाई यूट्युबमा सार्वजनिक भएका चलचित्रले केही हदसम्म भए पनि मनोरञ्जन दिएका छन् । यही कारण लकडाउनमा यूट्युबमा सार्वजनिक भएका चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् ।

तीन हप्ताअघि यूट्युबमा सार्वजनिक भएको अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ ले पनि दर्शकको उल्लेख्य साथ पाएको छ । तीन हप्तादेखि नेपालको यूट्युब ट्रेन्डिङ कब्जा गरेर बसेको चलचित्रले यूट्युब रिलिजको २० दिनमा एक करोड भ्यूज प्राप्त गरेको छ । योसँगै ‘ए मेरो हजुर ३’ सबैभन्दा कम समयमा करोड पटक हेरिने पहिलो नेपाली चलचित्र बनेको छ ।

एक करोड भ्यूज प्राप्त गर्दा चलचित्रलाई तीन लाखभन्दा बढी लाइक्स मिलेको छ भने वीस हजारभन्दा बढीले चलचित्र हेरेर प्रतिक्रिया जनाएका छन् । कमेन्ट बक्स निहाल्ने हो भने प्रायःले अभिनेत्री सुहाना थापाको डाइलग डेलिभरी, अभिनय, सुन्दरता र एक्सप्रेसनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । दर्शकहरुले अनमोलसँग सुहानाको जोडीलाई पनि निकै मन पराएका छन् ।

दुई हप्ता नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बर कब्जा गरेको चलचित्र ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतको अभिनय रहेको छ । दशैंदेखि ‘ए मेरो हजुर ४’ को छायांकन भइरहेको छ ।

चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu