‘चिलगाडी’ को संगीतकारमा काली



सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको चलचित्र ‘चिलगाडी’ को गीतमा अहिलेका चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटाले संगीत भर्ने भएका छन् । ‘पारी त्यो डाँडामा, नीर जहिले रिसाउने, साली मन पर्‍यो’ जस्ता चर्चित गीतका संगीतकार बाँस्कोटासँग बुधवार निर्माता सापकोटाले कागजी सम्झौता गरेका हुन् ।

कालीप्रसाद बाँस्कोटाले मिहेनत गरेर उत्कृष्ट गीत बनाउने विश्वास निर्माण टिमले लिएको छ । ‘चिलगाडी’ मा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भइसकेका छन् । नाजिरको अपोजिटमा रोल सुहाउने अभिनेत्रीको खोजी कार्य भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवापुस्ताको प्रतिनिधित्व गर्दै विदेश सन्देश बोक्ने निर्माता सापकोटाले बताए । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । सागर प्रधानले छायांकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरु फाइनल हुन बाँकि छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu