हिन्दी गीतमा सुरविनाको अभिनय (भिडियो)



नेपाली चलचित्रकी अभिनेत्री सुरविना कार्कीले अभिनय गरेको हिन्दी गीत ‘ओरे पिया रे’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सुरबिना कार्कीले मनछुने अभिनय गरेकी छन् । उनलाई अभिनयमा कलाकार यजुवेन्द्र प्रताप सिंहले अभिनयमा साथ दिएका छन् ।

बलिउडका गायक दीपक ठाकुरको स्वर रहेको गीतको भिडियोमा अधिकांश नेपाली कलाकार तथा प्राविधिकहरुलेकाम गरेका छन् । गीतको भिडियो जी म्यूजिकको यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । यो भिडियोको छायांकन कालिङ्पोङ तथा पश्चिम बंगालमा छायांकन गरिएको छ ।

भिडियोलाई नेपाली चलचित्रका छायांकार पुरुषोत्तम प्रधानले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् । गायक दीपक ठाकुरलको शब्दरहेको गीतमा जयन्त पटनायकले संगीत गरेका छन् । भिडियोलाई पल्लविजले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई औसत भ्यूज मिले पनि सुरविनाको अभिनयको प्रशंसा भएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu