रोचकको डेब्यु, मुनाको कमब्याक



काठमाण्डौ। ‘टेस्ट गरम’, ‘भन के छ बन्दोबस्त’, ‘कोरेर मेरो चित्र’ लगायत दर्जनौं हिट गीत दिइसकेका गायक बिश्व नेपालीको स्वरमा रहेको नयाँ गीतको भिडियोको छायांकन सकिएको छ। ‘आकासैको छानो मुनि बसाउँ एक सहर’ बोलको गीतमा बिश्वलाई अस्मिता परियारले साथ दिएकी छिन् । गीतको रिलिज कार्तिक २४ गते गर्ने बताइएको छ ।

कानुनका विद्यार्थी रोचक जोशी यो भिडियो मार्फत डेब्यु गर्दैछन् । कानुनसँगै एभरेस्ट फिल्म एकेडेमीमा कलाकरिताको अध्ययन गरिरहेका रोचकको अभिनय र काम प्रतीकको लगाव देखेको निर्देशक दिपेश सापकोटाले बताए । बलिउडमा संघर्षरत नेपाली मोडल मुना गौचन पनि यसै गीतमार्फत लामो समय पछि नेपाली भिडियोमा कमब्याक गर्दै छिन् ।

सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जीवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटाले बताए । गीतको प्रोडक्सन मदानी क्रिएशनले गरेको छ । संगीत निर्देशक आनन्द राई रहेको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतका शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu