स्वास्थ्यकर्मीप्रति समर्पित युवराजको ‘संसार रोएको छ’ (भिडियो)



‘तिम्रो माया पाउन, हारे हारे, मलमल साडी’ जस्ता चर्चित गीतका गायक युवराज चौलागाईंको स्वरमा रहेको नयाँ गीत ‘संसार रोएको छ’ सार्वजनिक भएको छ । गायक चौलागाईंकै संगीत रहेको गीतमा कौशिला खनाल कर्मचार्यको शब्द छ ।

कोरोना महामारीको समयमा अगंपक्तिमा रहेर काम गर्नेप्रति समर्पित गरिएको गीतको भिडियोलाई लोकेश बज्रचार्यले निर्देशन र सम्पादन गरेका छन् । भिडियोका छायाँकर एसु बस्नेत हुन् । गीतमा यो समयमा आफ्नोभन्दा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरिएको छ ।

गीतको बारेमा जानकारी दिँदै गायक चौलागाईंले भनेका छन्, ‘कोरोना माहामारीको यो संकटको घडीमा आफू र आफ्नो परिवारलाई भुलेर अहोरात्र विरामीहरुको सेवामा खटिरहनु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरु र सहयोगी मनहरुप्रति समर्पित यो गीत सुनेर र हेरेर हाम्रो कामलाई प्रतिकिया, सल्लाह सुझाब दिनुहुन्छ भन्ने आशा गरेका छौं ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu