भिटेनलाई पक्राउ नगर्न अदालतको आदेश



हालै सार्वजनिक भएको ऱ्याप गीतको विवादमा परेका गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी भएको हो । आदेशमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भनिएको छ ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu