सृष्टि र सौगातको लोभलाग्दो प्रेम



अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ तीन वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका छन् । केही समय लुकेर माया साटेका उनीहरु आजभोली मिडिया र सामाजिक सञ्जालको माध्यमबाट एकअर्काप्रति प्रेम अभिव्यक्ति गरिरहेका हुन्छन् । उनीहरुले एकसाथ केही चलचित्रमा समेत काम गरेका छन् । रिल र रियल दुवैमा दर्शकहरुले उनीहरुको जोडीलाई निकै मन पराएका छन् ।

सौगात र सृष्टिले पहिलो पटक चलचि ‘मासु भात’ मा काम गरेका थिए । तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि यो चलचित्र प्रदर्शनमा आउन सकेको छैन । यसपछि उनीहरुले चलचित्र ‘पोइ पर्‍यो काले’ मा काम गरे । यो जोडीले काम गरेको अर्का दुई चलचित्र ‘माइकल अधिकारी र तीन जन्तु’ प्रदर्शनको पखाईमा छ भने चलचित्र ‘सँगैसँगै’ मा पनि काम गर्ने तयारीमा छन् ।

कोरोनाका कारण आठ महिनादेखि सौगात र सृष्टि काठमाडौंमा सँगै बस्दै आएका छन् । सौगात सामाजिक सञ्जालबाट टाढा छन् । तर, सृष्टिले बेला मौकामा सौगातसँग खिचेका तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन् । आइतवार इन्स्टामा उनले सौगातले आफ्नो कपाल मिलाइरहेको भिडियो पोस्ट गरेकी छन् । यसले पनि उनीहरु एकअर्कालाई कति माया गर्छन् भन्ने बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu