नेपाली, नेवारी, स्पेनिश फ्युजन गीत ‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक (भिडियो)



काठमाण्डौ। अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’

निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

भिडियो:

https://youtu.be/c3nVbZWxCp8
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu