एक्सन चलचित्र गर्दै पुष्प खड्का



अभिनेता पुष्प खड्काले निषेधाज्ञापछि लगातार चलचित्र साइन गरिरहेका छन् । गएको महिना उनले ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्ने चलचित्र ‘कृष्ण लीला’ साइन गरेका थिए । यसमा उनको जोडी अभिनेत्री दीपिका प्रसाईंसँग बाँधिदैछ । दशैंपछि चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । योसँगै पुष्पले अर्को चलचित्र पनि साइन गरेका छन् ।

‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्रमा पुष्पलाई मुख्य अभिनेताको रुपमा अनुबन्ध गरेका हुन् । एक्सन जनरामा निर्माण हुने चलचित्रको आउँदो चैतबाट छायांकन सुरु गरिने निर्देशक भट्टले जानकारी दिए । कथाले मागे अनुसार बडी स्ट्रक्चर र लुक्स सुहाउने भएकाले पुष्पलाई रोजिएको उनको भनाई छ । दशैंपछि पुष्पले चलचित्रका लागि ६ महिना एक्सन ट्रेनिङ लिनेछन् ।

अभिनेता खड्का पहिलो पटक पूर्ण एक्सन अवतारमा प्रस्तुत हुन लागेका हुन् । चलचित्र ‘मारुनी’ मा उनको छोटो एक्सन दृश्यलाई दर्शकहरुले निकै रुचाएका थिए । आफूलाई एक्सन फिल्ममा काम गर्न मनपर्ने बताउने पुष्पले ‘कृष्ण लीला’ पछि निर्देशक भट्टको चलचित्रलाई समय छुट्याउनेछन् । लभर ब्वाईको भूमिकामा रुचाइएका उनलाई एक्सन अवतारमा हेर्न निकै रोचक हुने देखिन्छ ।

चलचित्रको स्क्रिप्ट निर्देशक भट्ट र टिम योगीले तयार पारेका छन् । मुकुन्दले निर्देशन गरेको नयाँ चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनको पखाईमा छ । कोरोनाका कारण प्रदर्शनमा आउन नसकेको यो चलचित्रलाई यसै वर्षको शिवरात्रीमा प्रदर्शन गर्ने तयारी गरिएको छ । सौगात मल्ल, शिव श्रेष्ठलगायतको अभिनय रहेको चलचित्रको टिजरमा समावेश एक्सन दृश्यलाई दर्शकहरुले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu