मलाई काम, उद्देश्य र सपना ठूलो लाग्थ्यो : रेखा थापा



अभिनेत्री रेखा थापा कोरोना महामारीपछि नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छिन् । यो चलचित्रका लागि उनले आफ्नो शरीरलाई मेन्टेन गरिरहेकी छन् । चलचित्र ‘हिम्मतवाली’ देखि उनले आफ्नो शरीरलाई मेन्टेन नगरेको टिप्पणी हुँदै आएको थियो । लकडाउनमा उनले २० केजी तौल घटाएर आफ्नो शरीरलाई पुरानै अवस्थामा ल्याएकी छन् । उनी अझै तौल घटाउन मेहनत गरिरहेकी छन् ।

लकडाउनमा चलचित्र निर्माणको काम रोकिँदा शारीरिक अभ्यास गर्न पर्याप्त समय मिलेको उनी बताउँछिन् । सोमवार ‘मुन्द्रेको कमेडी क्लब’ मा अतिथीको रुपमा पुगेकी अभिनेत्री थापाले आफ्नो लागि शारीरिक अभ्यास चलचित्र छायांकनभन्दा महत्त्वपूर्ण रहेको बताएकी छन् । केही वर्ष अगाडिसम्म आफूलाई शरीरभन्दा काम, उद्देश्य र सपना ठूलो लाग्ने गरेको उनी स्मरण गर्छिन् ।

रेखाले भनेकी छन्, ‘मैले जिन्दगीको एउटा पाटो विर्सिएको रहेछु । मलाई सधैं काम, उद्देश्य र सपना ठूलो लाग्थ्यो । तर, त्यसमा मैले आफूले आफूलाई विर्सिएको रहेछु । जुन शरीरभित्र मेरो यति राम्रो आत्मा बस्छ, मैले शरीरलाई अपहेलना गरेको रहेछु । अब म मेरो शरीरलाई माया गर्छु, जहाँ मेरो सुन्दर आत्मा बस्छ । मैले शारीरिक अभ्यासलाई निरन्तरता दिनुका कारण यही नै हो ।’

उनले तौल घटाउनुको कारण निर्माणको तयारीमा रहेको चलचित्रको कथाको माग रहेको बताएकी छन् । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उनले अभिनेता सौगात मल्लसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । पछिल्ला चलचित्रमा आफूलाई एक्सन अवतारमा प्रस्तुत गर्दै आएकी उनी यो चलचित्रमा पनि एक्सन भूमिकामा देखिँदैछिन् । यसका लागि रेखा थापाले एक्सनको तालिम लिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu