‘बाहुबली’ निर्देशक राजामौली : जोसँग काम गर्न चाहन्छन् हरेक सुपरस्टार



भारतीय चलचित्र उद्योगमा एक्सन चलचित्रलाई लिएर जबरजस्त क्रेज देख्न पाइन्छ । विशेषगरी साउथ चलचित्रको एक्सनलाई दर्शकहरुले निकै मन पराउने गरेका छन् । नेपालमा समेत साउथ चलचित्रको जबरजस्त क्रेज छ । गएको २ दशकमा एक्सन चलचित्रको कुरा गर्ने हो भने ‘बाहुबली’ फेम्ड निर्देशक एस.एस राजामौलीको चलचित्रले ठूलो सफलता हासिल गरेका छन् ।

‘बाहुबली’ लाई जसरी विश्वभरमा रुचाइयो, राजामौलीका अन्य चलचित्रले पनि दर्शकको मन जितेका छन् । उनी निर्देशित चलचित्रले धेरै कलाकारलाई सुपरस्टार पनि बनाएको छ । राजामौलीको करिअरको पहिलो चलचित्र ‘स्टूडेन्ट नम्बर १’ बाट अभिनेता जूनियर एनटीआरले ठूलो सफलता हात पारेका थिए । यसपछि उनले ‘शिमाद्री र छत्रपति’ नाममा दुई चलचित्र बनाए ।

‘मर्यादा रामन्ना र एग्गा’ चलचित्रको समेत निर्देशन गरिसकेका उनको करिअरको सबैभन्दा सफल चलचित्र ‘बाहुबली’ हो । यसको दुवै पार्ट ब्लकबस्टर भएको थियो । अहिले उनी अर्को एक्सन चलचित्र ‘आर.आर.आर’ बनाइरहेका छन् । चलचित्रमा एनटीआर जूनियर र राम चरण लिड रोलमा छन् । अहिलेको समयमा सफलताको ग्यारेन्टी बनेका उनीसँग काम गर्ने हरेक सुपरस्टारको सपना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu