स्थिति सामान्य भएपछि चलचित्र गर्छु : उपासना



चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले दोस्रो चलचित्रको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गरेपछि अध्ययन पूरा गर्न ६ महिना विश्राम लिने घोषणा गरिन् । यसपछि नयाँ चलचित्र साइन नगरेकी उनी स्थिति सामान्य भएपछि कुनै एक प्रोजेक्टमा आबद्ध हुने सोचमा छिन् । लकडाउनमा अफर भएका केही चलचित्रको स्क्रिप्ट राम्रो लागेको उनी बताउँछिन् ।

शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएपछि उनले लकडाउनमा आफूलाई अफर आएका आठ-नौवटा चलचित्रमध्ये एक-दुईवटाको कन्सेप्ट राम्रो लागेको बताएकी छन् । उनले भनिन्, ‘लकडाउनमा अफर भएका चलचित्रमध्ये एक-दुईवटाको वानलाइन स्टोरी मन परेको छ । स्थिति सामान्य भएपछि कुनै एउटा चलचित्र गर्न सक्छु ।’

आफूले चलचित्र छनौट गर्दा पहिलो प्राथमिकतामा स्क्रिप्ट रहने उनी बताउँछिन् । तर, चलचित्र गर्ने निर्णय लिनुभन्दा अगाडि स्क्रिप्टसँगै ब्यानर र टिम पनि हेर्नुपर्ने उनको भनाई छ । उनलाई लकडाउनमा म्यूजिक भिडियोबाट समेत अफर आएको रहेछ । यद्यपि, उनी तत्काल म्यूजिक भिडियोमा काम गर्ने सोचमा छैनन् । अहिले आफ्नो पहिलो प्राथमिकता चलचित्र रहेको उपासनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu