राजेश हमालसँग चलचित्रमा काम गर्ने वर्षाको इच्छा



अभिनेता राजेश हमालले चलचित्र निर्देशन गर्ने चर्चा चलेको लामो समय भइसकेको छ । अब भने उनी चलचित्र निर्देशनका लागि तयार भएका छन् । कोरोनाको महामारी सामान्य भएपछि उनी आफ्नो निर्देशनमा चलचित्र बनाउने तयारीमा छन् । केही महिनादेखि चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनको भनाई छ । नाम गोप्य राखिएको चलचित्रमा उनी स्वयंको अभिनय रहनेछ ।

बेनाम चलचित्रमा अभिनेता हमालले आफ्नो जोडीको रुपमा नयाँ र पुरानामध्ये कुन अभिनेत्री छनौट गर्लान् भन्ने चासो धेरैमा छ । अभिनेत्री वर्षा सिवाकोटीले हमालले निर्देशन गर्ने चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । बुधवार एक लोक गीतमा पहिलो पटक अभिनेता हमालसँग ठुम्का लगाएकी उनले चलचित्रमा पनि राजेश हमालसँग स्क्रिन शेयर गर्ने इच्छा रहेको बताएकी छन् ।

पहिलो पटक चार वर्षको उमेरमा राजेश हमालसँग भेट भएको स्मरण गर्दै उनले भनिन्, ‘म चार वर्षको हुँदा उहाँ भृकुटीमण्डपमा आउने खबर पाएपछि हामी पुगेका थियौं । त्यहाँ एकदमै ठूलो भीड थियो । तर, म चाहिँ अगाडि नै बसेको थिएँ । त्यसबेला उहाँले मसँग हात पनि मिलाउनुभएको थियो । मैले पहिलो पटक सेलिब्रेटी आँखा अगाडि देखेको नै उहाँ हो । त्यो क्षण कहिल्यै विर्सन्नँ ।’

पहिलो पटक लोक गीतको भिडियोमा राजेश हमालसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्, उनी । वर्षा भन्छिन्, ‘चार वर्षको उमेरपछि पहिलो पटक राजेश सरसँग भेट भएको हो । उहाँसँग काम गर्ने ठूलो इच्छा थियो तर यति चाँडो पूरा होला भनेर सोचेको थिइनँ । चलचित्रमा पनि उहाँसँग काम गर्ने ठूलो इच्छा छ । अब उहाँ आफैंले पनि चलचित्र बनाउँदै हुनुहुन्छ क्या रे ?’

वर्षाले आफूसँग चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेपछि अभिनेता राजेश हमालले ठट्यौली शैलीमा भने- ‘चलचित्रमा उहाँको सम्भावना छ । तर, उहाँभन्दा म एकदमै कलिलो देखिन्छु । त्यसैले उहाँको उमेर सरह देखिन अहिले मेकअप म्यानसँग सल्लाह गरिरहेको छु ।’ उनको कुरा सुनेर वर्षाले रोक्न सकेकी थिइनन् । हमालले वर्षाको नृत्यको पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu