फ्लोरमा निस्कियो ‘आश्रम’



चलचित्र ‘आश्रम’ को छायांकन सुरु भएको छ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुन लागेको चलचित्रको मंगलबार छायांकन सुरु भएको हो । सानो बजेटमा बन्न लागेको चलचित्रको इनडोर र आउटडोर छायांकन बालाजुमा रहेको एनएफडिसीमा गरिने निर्माता मनोज राजभण्डारीले बताए । उनका अनुसार, सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर चलचित्रको छायांकन सुरु गरिएको हो ।

मेरोन राजभण्डारी (महिला निर्देशक) को निर्देशन रहेको चलचित्रको कथा तथा पटकथा सृष्टि पोखरेलको हो । फिल्मलाई दिपेन बस्न्यातले खिचिरहेका छन् । ‘आश्रम’ मा एलमिता केसी, नविस कठायत, किमत गौतम, अनुष्का तिमल्सिना, कौशल दाहाल, पल्पसा श्रेष्ठ, बाल कलाकार श्रीयन राजभण्डारी, श्रद्धा महर्जन, टिसा राजभण्डारी, सिवानी खड्कालगायतको अभिनय रहनेछ ।

चलचित्रले बाल आश्रममा बस्ने बालबालिकाको अवस्था र उनीहरुको मनोविज्ञानलाई देखाउने निर्माता मनोज राजभण्डारीले बताए । उनका अनुसार, चलचित्रमा वृद्ध आश्रमको कथा पनि जोडिनेछ । उनी स्थिति सामान्य भएर हलमा दर्शकको उपस्थिति बाक्लिन थालेपछि चलचित्रलाई प्रदर्शन गर्ने योजनामा छन् । उनले यसअघि अभिनेता सौगात मल्ललाई लिएर चलचित्र ‘मन्त्र’ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu