‘लाजको घुम्टी’मा अमृतको रियल जोडी (भिडियो)



काठमाण्डौ। गीतकार तथा समाजसेवी अम्बिका गुरुंगको शब्द रचना तथा अमृत क्षेत्रीको संगीत र स्वरमा रहेको गीत ‘लाजको घुम्टी’को भिडियो रिलीज भएको छ ।

इन्टरनेटमा रिलीज प्रेम दर्शाउने मेलोडियस गीतको भिडियोमा गायक क्षेत्री र उनकी श्रीमती संगीता क्षेत्रीले अभिनय गरेका छन् । यो जोडीले यसअघि ‘मग-मग’ बोलको गीतमा एकसाथ अभिनय गरेका थिए । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने छायांकन बुद्द थापा र संपादन बिकास धमलाको रहेको छ ।

दुई महिना पहिले गायक क्षेत्रीको ‘जहाजै चढेर’ बोलको गीत निकै रुचाईएको थियो l उक्त गीतले परदेशी नेपालीहरुको पीडा बोल्छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu