‘तीन जन्तु’ मा यस्ता देखिए सौगात (भिडियो)
हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिने सौगात मल्ल र अर्पण थापा अभिनीत चलचित्र ‘तीन जन्तु’ को शनिवार फस्टलुक टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । टिजर हेर्दा चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण भएको बुझ्न सकिन्छ । २०३० सालमा एक घरभित्र भएको घटनालाई चलचित्रमा उतारिएको छ ।

चलचित्रको टिजरमा सौगात र अर्पण अहिलेसम्मकै भिन्न अवतारमा देखिएका छन् । उनीहरुको लुक्सले नै चलचित्रप्रति दर्शकमा कौतुहलता सृजना गरेको छ । यस्तै, अर्का कलाकार रोविन तामाङको लुक्स र गेटअप पनि भिन्न छ । सृष्टि श्रेष्ठ र कालु रानाको पनि मुख्य भूमिका रहेको ‘तीन जन्तु’ लाई आलोक शुक्लाले खिचेका हुन् । चलचित्रको सम्पादन भने मिलन श्रेष्ठले गरेका छन् ।
रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार पाएको चलचित्रको प्रदर्शन मिति आउँदो पुष १७ गतेलाई घोषणा गरिएको छ । चलचित्रका लेखक तथा निर्देशक अर्पण थापा स्वंम हुन् । यसअघि उनले ‘घर, आधा लभ र सुनकेसरी’ नामक चलचित्रको निर्देशन गरिसकेका छन् । ‘तीन जन्तु’ लाई हरि तामाङ, सन्तोष अधिकारी र केली जोय म्याकनामाराले मिलेर निर्माण गरेका हुन् ।
भिडियो :-