‘दर्पण छायाँ २’ अभिनेत्री सहारा र फिरोज प्रेममा



नेपाली चलचित्र क्षेत्रमा प्रेम सम्बन्ध लुकाउने र देखाउन दुवैथरी कलाकार छन् । कति करिअरलाई असर पर्ने डरले प्रेम सम्बन्ध लुकाउँछन् भने कति यी कुराको प्रवाह गर्दैनन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सहारा कार्की भने लुकिछिपी प्रेम गर्नेमा पर्दिनन् । उनले सामाजिक सञ्जालको माध्यमबाट प्रेमीप्रति आफ्नो प्रेमभाव दर्शाइरहेकी हुन्छिन् ।

उनी लामो समयदेखि उद्घोषक तथा कलाकार फिरोज तिमल्सिनाको प्रेममा छिन् । उनीहरुले ‘दर्पण छायाँ २’ मा सँगै काम गरेका थिए । यही चलचित्रमा काम गर्ने क्रममा उनीहरुबीच गहिरो मित्रता कायम भएको थियो भने २०१८ बाट प्रेममा डुबेका थिए । सहारा र फिरोज अहिले अमेरिकामा छन् । सहारा चलचित्रमा प्रवेश गर्नुभन्दा अगावैदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी थिइन् ।

सहाराले सन् २०१८ को डिसेम्बर, २०१९ को मे, २०२० को जनवरी, अप्रिल र अगस्टमा प्रेमी फिरोजसँँगका रोमान्टिक तस्विरहरु इन्स्टाग्राममा पोस्ट्याएकी छन् । उनले गएको अगस्ट १८ मा ‘माई किंग’ भन्दै प्रेमीलाई जन्मदिनको शुभकामना दिएकी थिइन् । यी दुईले हालै ‘मेरी प्रिया’ नामक एक गीतको म्यूजिक भिडियोमा अभिनय पनि गरेका छन् । गीतमा फिरोज स्वयंको स्वर छ ।

सहाराको कुरा गर्ने हो भने उनले ‘दर्पण छायाँ २’ पछि कुनै चलचित्रमा काम गरेकी छैनन् । यो चलचित्रमा उनको अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । समीक्षकले उनलाई सम्भावना बोकेको अभिनेत्री भनेका थिए । तर, यो चलचित्र बक्सअफिसमा असफल भएपछि उनी निराश भएर अमेरिका फर्किइन् । अब उनी चलचित्रमा कमब्याक गर्ने सोचमा देखिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu