‘लक्ष्मीपूजा’ मा सलोन र रियाशा



सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । चलचित्रको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको चलचित्रमा शोभित बस्नेत निर्माता छन् ।

चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार जाहन्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।

पारिवारिक प्रेमकथा रहने चलचित्रमा दशैं र तिहारको परिवेश देखाइनेछ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu