रहेनन् द्वन्द्व कलाकार सुरेश सिंह पुजारी



तीन दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको निधन भएको छ । निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए ।

५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका व्यक्तिसँगै प्राविधिक, निर्माता तथा निर्देशकहरु पुगेका थिए । उनले चलचित्र क्षेत्रलाई अतुलनीय योगदान पुर्‍याएको भन्दै विभिन्न चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कलाकार राजेन्द्र खड्गीले अभिनय गरेका प्रायः चलचित्रमा सुरेशले द्वन्द्व कलाकारको रुपमा काम गरेका छन् । कलाकार खड्गीले सामाजिक सञ्जाल फेसबुकमा उनलाई श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मनपर्ने द्वन्द्व कलाकारको निधनले दुखी भएको उल्लेख गरेका छन् । कलाकार सुरेश केही चलचित्रमा अघोषित निर्माताको रुपमा समेत रहेको प्राविधिक संघका अध्यक्ष लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu