एलिजालाई चलचित्रमा पुष्पसँग काम गर्ने इच्छा



एलिजा गौतमलाई अभिनेत्रीको रुपमा भन्दा पत्रकार ऋषि धमलाकी श्रीमतीको रुपमा चिन्ने दर्शक धेरै छन् । दुई सन्तानको आमा भएपछि चलचित्र ‘अनुराग’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो चलचित्रबाट उनलाई सफलता मिलेन । श्रीमतीलाई अभिनेत्री बनाउन पत्रकार धमलाले यो चलचित्र निर्माण गरेका थिए । तर, चलचित्र बक्सअफिसमा असफल भयो ।

चलचित्रको असफलता र अभिनयको प्रशंसा नहुँदा उनीमाथि बाहिरी ब्यानरको नजर पर्न सकेको छैन । तर, यतिबेला उनको म्यूजिक भिडियोमा भने राम्रो माग छ । लकडाउन खुकुलो भएसँगै उनले चारवटा भिडियोमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय म्यूजिक भिडियोमा राम्रो माग भएका दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले भिडियोमा जोडी बाँधिसकेकी छन् ।

उनले अभिनय गरेको पहिलो भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट छ । यही गीतको लोकप्रियतापछि एलिजाको भिडियोमा माग बढेको हो । बिहीवार उनले पुष्पसँग रोमान्स गरेको ‘म सास बन्न पाए’ बोलको भिडियो सार्वजनिक भएको छ । केही दिनमा पलसँग ठुम्का लगाएको भिडियो पनि सार्वजनिक हुँदैछ । चलचित्रबाट असफलता भोगेकी उनलाई भिडियो भने फापेको देखिन्छ ।

एलिजा पनि आफूलाई चलचित्रभन्दा म्यूजिक भिडियो फापेको स्वीकार गर्छिन् । तर, ‘अनुराग’ बाट आफूले धेरै सिक्न पाएको उनको कथन छ । उनले पुष्पसँग चलचित्रमा काम गर्ने इच्छा पनि व्यक्त गरेकी छन् । पुष्पसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो कुरा रहेको उनको भनाई छ । पुष्पले पनि राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा चलचित्रमा काम गर्न समस्या नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu