राष्ट्रिय झण्डा जलाउने भिडियोका छायाँकार पक्राउ



राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोही’ गीतको म्यूजिक भिडियोका छायाँकारलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको जानकारी प्राप्त छ । प्रहरीले उनको परिचय भने खुलाएको छैन ।

‘देशद्रोही’ बोलको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । सबैले यो गीत तत्काल यूट्युबबाट हटाउन र गायकलाई कारबाहीको माग गरेका छन् । भिडियोको ४० औं सेकेन्डमा गायक गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ भएको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि नेपाल प्रहरीले गायक गेल्जङ दोर्जे तामाङको खोजी गर्न सुरु गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले यस विषयमा अनुसन्धान अघि बढाइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu