म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गायकलाई खोज्दै प्रहरी



सोमवार यूट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । सबैले यो गीत तत्काल यूट्युबबाट हटाउन र गायकलाई कारबाहीको माग गरेका छन् । भिडियोको ४० औं सेकेन्डमा गायक गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ भएको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि नेपाल प्रहरीले गायक तामाङको खोजी गर्न सुरु गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले यस विषयमा अनुसन्धान अघि बढाइसकेको बताए ।

मकवानपुरमा गीतको भिडियो खिचिएका कारण जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ । मुलुकी अपराध संहिता २०७४ मा राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu