थ्रीडी प्रविधिमा कन्काइष्ट राईको ‘फिदा छु’



गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुप’ को बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपालमै पहिला पटक थ्रीडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापा मगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस गीतको लिरिकल भिडियोलाई थ्रीडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ । नेपाली गीत संगीतमा थ्रीडी एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलो पटक अडियालाई थ्रीडी मिश्रणहरुको प्रयोग गरिएको हो ।

यो गीतलाई एयरफोनको माध्यमबाट सुन्दा निकै आनन्द आउने गायक कन्काइष्ट राईले बताए । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका राईले ‘तिमीले माया लाउँदा’, ‘मुटुभित्र देउन मलाई बाँस’, ‘अरुकै सिन्दुरले सजिए पनि’, ‘काठमाडौंको मायै महंगो’ लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu