‘साँझ’ मा सृष्टि र निराजन (भिडियो)



सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र चलचित्रमा व्यस्त हुने कलाकारहरु पनि फुर्सदको समयलाई म्युजिक भिडियोमा सदुपयोग गरिरहेका छन् ।

मिस नेपाल समेत रहेकी सृष्टि श्रेष्ठले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो विहीवार सार्वजनिक भएको छ ।

भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu