माघ १२ मा ‘स्वर्ग मेरो गाउँ’



नायक नरेन खड्का अभिननीत चलचित्र ‘स्वर्ग मेरो गाउँ’ माघ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा निर्माण भएको यो चलचित्रलाई पुराना निर्देशक रामकृष्ण बजगाइँले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी पनि उनकै छ ।

चलचित्रमा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो करिअर उकालो लाग्नेमा आशावादी रहेको बताए । उनले भने, ‘यसपटक गाउँले युवकको भूमिकामा देखिँदैछु । राम्रो चलचित्र बनेका कारण दर्शकले मनपराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ । पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu