‘पर्ख पर्ख मायालु…’ गायिकाको नयाँ गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। चलचित्रको पार्श्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा एउटा कर्णप्रिय गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए…’ बोलको उक्त गीत नृत्यपरक छ । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन् ।

चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि आफ्नो लोकपि्रयता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी गायिका बिन्दु परियार यो गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।

यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu