जस्मिनसँग सौगातको नृत्य, ‘पञ्चेबाजा’को गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘पञ्चेबाजा’को गीत रिलीज भएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर यो चलचित्रको गीतमा सौगातले नृत्य गरेका छन् ।

‘घिन घिन मादल’ बोलको यस गीतमा सौगातसँगै जस्मिन श्रेष्ठ फिचरिङ छन् । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजका शब्द र विकास चौधरीको संगीत रहेको छ भने कविराज गहतराज कोरियोग्राफर हुन् ।

यो चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ । सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतको अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu